सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।


पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगेका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरुबीच संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका सम्बन्धमा पनि कुराकानी भएको छ ।


अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणकाबारे ओलीलाई पनि जानकारी गराउँदै सुझाव पनि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय