जनावरलाई थापेको धरापमा करेन्ट लागेर ३२ वर्षीया महिलाको मृत्यु

कैलाली । करेन्ट लागेर धनगढीकी एक महिलाको मृत्यु भएको छ ।


जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । मृतक कुँवरको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


जङ्गली जनावरबाट धानबाली जोगाउन खेतमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय