जेन्यूइनले बिर्तामोडसहित ५ सहरमा विदेश जान चाहने विद्यार्थी लक्षीत एजुकेशन फेयर गर्दै

झापा । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले जेन्यूइन एजुकेशन एन्ड भिसा सर्भिसेजले एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालको पाँच सहरमा जेन्यूइन एजुकेशनले एजुकेशन फेयर गर्न लागेको जानकारी दिएको हो ।


जेन्यूइन एजुकेशनका निर्देशक लक्ष्मीकान्त खनालका अनुसार भदौ २१ गते दमकमा, २२ गते इटहरीमा, २३ गते बिर्तामोडमा, २९ गते चितवनमा र असोज ३ गते काठमाडौँमा फेयर सञ्चालन हुनेछ ।


मुख्य कार्यालय अष्ट्रेलियाको मेलवर्नमा रहेको जेन्यूइन एजुकेशनको स्थापना २०१६ भएको र हालसम्म ६ सयभन्दा बढी विद्यार्थी अष्ट्रेलियालगयातका देशहरुमा अध्ययनकालागि सहजीकरण गरिसकेको निर्देशक खनालले बताउनुभयो।

अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि विषय, कलेज तथा विश्वविद्यालय, शिक्षण शूल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानुनलगायतका विषयमा जेन्यूइन एजुकेशन फेयरमा जानकारी दिइने खनालले बताउनुभयो ।

उहाँका अनुसार एजुकेशन फेयरमा विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिबाटै एजुकेशन फेयरमा सहजीकरण गरिने भएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने तयारीमा रहेको बिद्यार्थीहरुको लागि एजुकेशन फेयर महत्वपूर्ण हुने निर्देशक खनालले बताउनुभयो।

पत्रकार सम्मेलनमा बिर्तामोड शाखा ब्यवस्थापक बिनोद खनाल, कम्प्युटर एशोसिएसन महासंघ (क्यान) झापा शाखाका अध्यक्ष कृष्णप्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय