एसिया कपमा नेपाल र भारत भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दैछन् । श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।


समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ । नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो । दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् ।

नेपाल र भारत रहेको समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ । वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहिन छ ।


भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।

सोमबारको खेल समेत वर्षाले प्रभावित हुने सम्भावना उच्च छ । सो अवस्थामा भारतले सुपर फोरमा आफुलाई लैजानेछ । तर नेपाल कुनैपनि हालतमा भारतसँग खेल्न चाहन्छ । उसले अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेदेखिनै भारतसँग खेल्ने इच्छा लुकाएको छैन ।

एसिया कपले जुराएको भिडन्तलाई नेपालले कुनै हालतमा साकार बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय