सहयात्राको आयोजनामा अर्जुनधारामा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना 

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका-३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।


नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किसोर अवस्थाका बिद्यार्थीहरुलाई लक्ष्यित गरेर अभिमुखिकरण गरिएको थियो । जनता माविको सभाहलमा भएको कार्यक्रममा करिब २ सय ५० जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।


सचेतना कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ता कृष्ण गौतम र लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ता तथा पूर्व लागुऔषध प्रयोगकर्ता उत्सव ढकालले सहजिकरण गर्नुभएको थियो ।



कार्यक्रममा लागुपदार्थ भनेको के हो ? त्यसको प्रयोग, प्रयोगपछिको असर, लागुपदार्थको प्रयोग र कारोबारविरुद्धमा लागुहुने कानुन लगायतका बिषयमा बिद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक सुरज कार्कीले अभिमुखिकरण गर्नुभएको थियो । त्यस्तै अभियान्ता ढकालले लागुपदार्थको प्रयोगबाट आफुले भोग्नुपरेको समस्या, जिवनमा त्यसको प्रभावलगायतका बिषयलाई समेटेर अनुभव सुनाउनुभएको थियो ।


सहयात्रा ग्रुप नेपालका अध्यक्ष तथा संचारकर्मी तिलक योञ्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति अर्जुनधारा नगरपालिका-३ नम्बर वडाका अध्यक्ष सिताराम भट्टराई र बिद्यालयका प्रध्यानाध्यापक जयप्रकाश भण्डारीले आफ्नो धारणा राख्नुभएको थियो ।


कार्यक्रममा अध्यक्ष योञ्जनले पछिलो समय समाजको मुख्य समस्याको रुपमा बढ्दै गएको लागुऔषध प्रयोगलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम महत्वपुर्ण हुने धारणा राख्नुभयो । उहाँले लागुपदार्थ प्रयोगकर्ता बनेको एक व्यक्तिलाई प्रयोगमुक्त बनाउन धेरै समय, स्रोत साधान र लगानी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । लागुपदार्थ प्रयोगकर्ता कतिपय व्यक्ति पुनस् सामान्य अवस्थामा आउनै नसकेका घटनाहरु सिर्जना भइरहेको अवस्थामा किशोर किशोरीहरुलाई लागुपदार्थ दुर्व्यशनीमा प्रवेश गर्न नदिन सचेतना कार्यक्रम आयोजना भएको उहाँले बताउनुभयो । एक बिद्यार्थी सजग भएमा घरपरिवार र समाजलाई नै सजग पार्न सक्ने भएकाले बिद्यार्थीहरुलाई लक्ष्यीत गरेर कार्यक्रम गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको तर्फबाट अभियान्ता उत्सव ढकाललाई सम्मान गरिएको थियो ।


नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति तथा सहयात्रा ग्रुपका सदस्य मुकुन्द भण्डारीले कार्यक्रम आयोजनाको औचीत्यमाथि प्रकाश पार्नुभएको थियो । संस्थाका सचिव मदन भट्टराई (जितु)ले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य राजु खड्काले स्वागत गर्नुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहयात्रा ग्रुपका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका पदाधिकारी तथा सदस्यहरु, बिद्यालयका शिक्षक तथा अभिभावकहरुले समेत सहभागिता जनाउनुभएको थियो ।

सामाग्री तथा पुरस्कार बितरण

अभिमुखिकरण कार्यक्रमअघि नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको तर्फबाट सोही बिद्यालयका ६१ जना बिद्यार्थीहरुलाई कपि, पेन लगायतका शैक्षिक सामाग्री र कक्षा कोठामा आवश्यक पर्ने सरसफाई सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट २ जना शिक्षक र एकजना बिद्यालयका कर्मचारीलाई पुरस्कार बितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारीले उक्त सामाग्री तथा पुरस्कार बितरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको बाल क्लबलाई सहयात्रा ग्रुपको तर्फबाट बाल क्लबको ब्याज निमार्ण गरि प्रदान गरिएको थियो ।सहयात्रा ग्रुपका अध्यक्ष योञ्जनले उक्त ब्याज हस्तनान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
2
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय