दृष्टिविहीन बालिका बलात्कारका आरोपी पक्राउ

दाङ । दाङमा एकजना दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन्। राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन्।


बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका १ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिनुभयो ।


उनले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ। ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय