दुई दिनपछि भेटियो कनकाई नदीमा हराएका युवकको शव

बिर्तामोड । झापाको कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव दुई दिनपछि भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिबार भेटिएको हो ।


प्रहरी टोली र स्थानीयको सहयोगमा शनिबार दिउँसो १२ः१५ बजे श्रेष्ठको शव भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए ।

डुबेको स्थानदेखि करिब ५ सय मिटर दक्षिण श्रेष्ठको शव फेला परेको उनले जानकारी दिए । सर्जमिन मुचुल्का गरी शवलाई पोस्टमार्टम गरिएको छ ।


बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका श्रेष्ठको सोही दिनदेखि नै खोजी कार्य जारी राखिएको थियो । आज बिहानैदेखि स्थानीयबासीसहित जिल्ला प्रहरी कार्यालय विपद् व्यवस्थापनको टोलीले नदीमा श्रेष्ठको खोजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय