माओवादी एकतावद्ध भई फेरि बलियो बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा मादोवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको बताउनु भएको छ ।


आजदेखि देशभर सुरु भएको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको पार्टी कार्यालय पेरिस डाँडामा उद्घाटन गर्दै लाहालले यस्तो बताउनु भएको हो । उहाँले विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गर्नुभयो ।

संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ । माओवादीले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।


गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय