भारत-भुटान हुँदै नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

झापा । आद्य महालक्ष्मी रथयात्रा २०८० बिर्तामोड आइपुगेको छ । भारतको हरियाणाको अग्रोहा धामबाट केही समय अघि निस्कीएको रथयात्रा भारत भुटानका विभिन्न स्थान हुँदै आज विहान पुर्वीद्वारबाट नेपाल प्रवेश गरेको हो । रथयात्रा आज बिर्तामोडमा रात्री विश्राम गर्ने मेची संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिनुभयो । भोलि विर्तामोडबाट विभिन्न स्थानमा पुजा गर्दै धरानमा पुगेर बस्ने र भदौ १७ गते विराटनगर हुँदै १८ गते भारत तर्फ लाग्ने बताइएको छ ।


त्यसअघि आजै रथयात्रालाई प्रतिनिधिसभाका उपसभामुख इन्दीरा रानामगरले काकरभिट्टामा स्वागत गर्नु भएको थियो । रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर उपप्रमुख मिना उप्रेती, पत्रकार चन्द्र भण्डारी, सुरेशकुमार बंशल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पञ्चमुखी हनुमान मन्दीर परिषरमा आयोजित रथयात्रा उदघाटन कार्यक्रम अघि नेपाल भारतको सिमाना नयाँ मेची पुलमा पुगेर नेपाली पक्षले रथयात्रालाई नेपालमा स्वागत गरेको थियो ।


अग्रवाल समुदायको पितृ भूमि अग्रोहा धामका बारेमा अग्रवाल समुदायबिच जानकारी र जनचेतना जगाउनेसंगै कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बिच रथयात्राको आयोजना गरिएको रथयात्राका नेपाल संयोजक विनोद अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
1
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय