जङ्गली च्याउ खाँदा २ बालबालिकाको मृत्यु

बझाङ। जङ्गली विषालु च्याउ खाँदा बझाङमा २ बालकको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो। ​सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए। आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ।

बाबु विद्यालयका कर्मचारी भएको र उनी विद्यालय गएका बेला आमासहित छोराछोरीले च्याउको तरकारी बनाएर खाएका थिए।

पुनीकी जेठी छोरीले भने च्याउ नखाने भन्दै खान मानेकी थिइनन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
320
सम्बन्धित

लोकप्रिय

लोकप्रिय