झापा । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर चुच्चे नक्सा जारी गरेको कुरालाई बेवास्ता गर्दै चीनले जारी गरेको नयाँ नक्सामा उक्त भु-भाग भारतको देखाइएको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले विरोध जनाएका छन् ।
नेपाललाई नै नसोधी नेपाली भु-भाग भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै उनले आफ्नो तय भइसकेको चीन भ्रमण समेत रद्ध गरेको सामाजिक संजाल मार्फत बताएका छन् ।
उनले भनेका छन्- “हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।”