पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

झापा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ।


गुल्मीको तम्घासबाट बुटवल जादै गरेको स्कार्पियोमाथि पहिरो खसेको थियो । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । लु १ ज ४६०० नम्बरको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो उकालोमा गुडिरहेका बेला विहान करीव सवा ८ बजेको समयमा पहिरो खसेको थियो ।

घाइतेको उपचारको लागि तानसेनस्थित मिशन अस्पताल लगिएको हरीले जनाएको छ । स्कार्पियोका चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेका प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय