एमसीसी भोलीबाट कार्यान्वयन हुँदै, उपाध्यक्ष एलफोर्ड नेपाल आईपुगे

काठमाडौँ । सम्झौता गरिए अनुरुप अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भोलिबाट कार्यान्वयन हुन लागेको छ ।


कार्यन्वयन हुने मितिको अघिल्लो दिन एमसिसिका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

भोलि बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नुपर्ने छ ।


जस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन्

अहिले एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय