भद्रपुरमा हराएकी ३ बर्षिय नाबालिका मृत फेला

झापा । भद्रपुरबाट एकाएक गायब भएकी नाबालिका मृत अवस्थामा फेला परेकी छिन् । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेकी हुन ।


उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेकी थिइन । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन । मन्दिरबाहिर खेल्दाखेल्दै उनी सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन ।

नाबालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी गरेका थिए । उनी हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय