बिर्तामोडको मुक्तिचोकमा एक युवकको शव फेला

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्ति चौक नजिकै एक युवाको शव फेला परेको छ । चोक नजिकै रहेको प्रसाई सुपर मार्केटअगाडि एक व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


ढलभित्र मृत अवस्थामा भेटिएका युवकको पहिचान खेलेको छैन । शव फेला परेको ठाउँमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले साइकलसहित ढलमा लढेर मृत्यु भएको हुन सक्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय