अर्जुनधाराका नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले नवनियुक्त  नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।


संविधानको धारा २१६ र स्थानिय सरकार संचालन ऐन को दफा १०२ को उपदफा १ बोमजिम स्थानीय सरकारले ऐन निर्माण गरेर नगर प्रहरी संचालन गर्न पाउने व्यवस्था अनुसार नियुक्त भएका १ प्रहरी सहायक निरीक्षक, १ हवलदार र ५ जना प्रहरी जवानलाई दर्ज्यनी चिन्ह प्रदान गरिएको हो ।


उनिहरुलाई आइतबार आयोजित एक समारोहकाबिच नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

नगर प्रहरीहरु प्रहरी सहायक निरीक्षक आइतमान तामाङ, प्रहरी हवल्दार डम्बर तामाङ र प्रहरी जवानहरु नीता भण्डारी, पूजा आचार्य, श्याम आचार्य, सरोज खनाल र सुमन लिम्बूले दर्ज्यानी चिन्ह ग्रहण गरेको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय