भावनाको उपचार ‘पूर्वाञ्चल क्यान्सर अस्पतालमा’ सुरु, युथ अफ खुदुनाबारीद्वारा ६५ हजार सहयोग

झापा । दुई महिनाभन्दा लामो समयदेखि पेटको रोगका कारण थल परेकी अर्जुनधारा नगरपालिका ३ की भावना दासको बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार सुरु भएको छ ।


आर्थिक अभावकै कारण सुबिधा सम्पन्न अस्पतालमा उपचार गराउन नसक्दा ७ महिनाको बच्चाको आमा समेत रहेकी उनी पिडामा छटपटाइरहनु परेको थियो । स्थानीय सामाजिक संस्था, समाजसेवी तथा जनप्रतिनिधिहरुको पहलमा उनको शनिबारबाट पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार सुरु भएको हो । १९ बर्षीय भावनालाई यसअघि उपचारकालागि बिभिन्न अस्पतालहरुमा लगिए पनि रोग पत्ता नलाग्द उपचार हुन सकेको थिएन् ।

उनको उपचारकालागि आज आईतबार युथ अफ खुदुनाबारीले नगद ६५ हजार हस्तनान्तरण गरेको छ । अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्था बुझदै संस्थाका अध्यक्ष मनोज सिटौला र संस्थाका सदस्य तथा अभियान्ता सविन राईले उक्त रमक बिरामी भावना र उनकी आमा गिता दासलाई हस्तनान्तरण गर्नुभएको हो । सिटौलाले भन्नुभयो–“बहिनिकोे पेटमा पानी जमेर फुल्लीएको थियो, हेर्दा खेरी गर्भवती महिला जस्तै देखिने अवस्था थियो, हामी घरैमा गएर हेर्दा अवस्था नाजुक देखेपछि हामीले परिवारको अनुमतिमा उनको उपचारकालागि आर्थिक सहयोग जुटाउन संस्थाको आधिकारीक पेज मार्फत सामाजिक संजालमा अपिल गर्यौ, सोही कारण दाताहरुले अहिले हामीलाई स्वइच्छाले पठाउनु भएको नगद ६५ हजार बिरामी र परिवारलाई हस्तनान्तरण गरेका हौं ।”


सिटौलाका अनुसार उक्त रकम दाताहरुबाट एक दिनको अवधीमा संकलन गरिएको हो । “भावना बहिनिको उपचारकालागि थप सहयोग गर्ने छौ ।”–उहाँले भन्नुभयो । उहाँले सबै दाताहरुलाई सहयोगकालागि धन्यवाद दिनुभयो ।

भावनाकी आमा गिता दासकी अनुसार उनको २ बर्ष अघि विवाह भएको थियो । उहाँले भन्नुभयो –“भावनाको ७ महिनाको बच्चा पनि छ, उ आफु बिरामी भएपछि उसको श्रीमानले समेत त्यागेर हिड्योे, अहिले म आफैले स्याहर गरिरहेको छु, तेरो छोरी आफै लगेर पाल भन्दै सानी आमाको घरमा छाडीदिएको रहेछ, अनि मैले ल्याएर अहिले हेर्दै छु ।” भावुक हुँदै दासले भन्नुभयो –“सम्पत्तिको नममा एउटा सानो घर बसेको जग्गा बाहेक केही छैन्, सबैसंग मेरी छोरीको उपचारकोलागि सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।”

दासको उपचारमा अस्पतालले केही सहयोग गर्ने प्रतिबद्धता जनाएको उपचारमा सहजिकरण गरिरहनुभएका समाजसेवी तथा नेकपा एमाले अर्जुनधाराका उपाध्यक्ष लोकमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डाक्टर र नर्सहरुको सेवाशुल्क अस्पतालले नलिने बताएको छ । त्यस्तै अप्रेशन, एमआरआई र सिटिस्क्यान लगायतका महंगा परिक्षणहरुमा ५० प्रतिशत छुट दिने अस्पतालले बताएको छ । अन्य ल्याब परिक्षण र औषधीको भने पूर्णशुल्क लाग्ने उहाँले बताउनुभयो ।

श्रेष्ठका अनुसार डाक्टरले अहिले रोगको परिक्षण गरिरहेको छ । रिर्पोट आउन केही समय लाग्ने भएकाले तत्काल यो रोग हो, भन्ने अवस्था नरहेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो । चिकित्सकका अनुसार प्याङक्रियाजमा समस्या देखिएकाले क्यानसर भएको वा भइनसकेको परिक्षण भइरहेको छ ।

दासको उपचारमा अर्जुनधारा ३ की जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य चन्द्रा तामाङलगायतले सहजिकरण गरिरहनु भएको छ । घरमा छटपटाईरहेकी भावनाको स्वास्थ्य अवस्थामा अहिले धेरै सुधार भएको तामाङले बताउनुभयो ।

बिरामी भवनाले आफु उपचार गराई बाच्न चाहेको भन्दै आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
3
+1
0
+1
1
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय