गिरीबन्धु चिया बगानको जग्गा स्थानान्तरण गर्ने निर्णयमा गलत भएको छैन : अध्यक्ष ओली

विर्तामोड । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगानको जग्गा स्थानान्तरण गर्ने निर्णयमा गलत नभएको बताउनु भएको छ । उहाँले आफू गलत भएको भए यो बेलासम्म सरकारले नछाड्ने समेत बताउनुभयो । सत्ता पक्षकै सांसद पनि पक्राउ पूर्जी बिना नै पक्राउ गर्ने सरकारले आफूले गरेको निर्णय गलत भएको भए अहिलेसम्म नछाड्ने बताउनुभएको हो ।


झापाको दमकमा शनिबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले कानुन निर्माण गरेर निर्णय गरेको बताउनुभयो । गिरीबन्धुका चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि कानुन बनाएर नै स्थानान्तरणको निर्णय गरेको जानकारी दिनुभयो । बरु विगतमा अरू दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर सोही बगानको ७० विघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको उल्लेख गर्नुभयो ।

उहाँले आफूले कमिसन लिएको भए सरकारसँग थरथर हुनुपर्ने बताउनुभयो । भ्रष्ट तत्वविरुद्ध आवाज कम नगर्ने उहाँको भनाइ छ । एमाले अध्यक्ष ओलीले पशुपतीको जलहरीको कुरा गरेर, नागरिकको ध्यान अन्यत्र मोड्दै दैनिक क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताउनुभयो । उहाँले अफेन्सिप भुमिका निर्वाह गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले दुई घण्टासम्म कार्यकर्तालाई समसामयिक राजनीतिका विषयमा प्रशिक्षित गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय