२४ घण्टे निषेधाज्ञा हटेसँगै धरानमा चहलपहल शुरु

झापा । धार्मीक प्रदर्शनलाई साम्य पार्ने उदेश्यकासाथ जारी निषेधाज्ञा हटेसंगै सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको हो ।

शनिबार दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो ।


धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आइतबार भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय