धरानमा प्रशासनको कडाई, प्रदर्शन गर्न हिडेकालाई विभिन्न ठाउँ रोकियो

झापा । निषेधाज्ञा लागु भएपछी प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।


धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएसंगै धरान प्रवेश गर्ने विभिन्न नाकामा कडाइ गरिएको छ ।


बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

विभिन्न स्थानबाट प्रदर्शन गर्न धरान हिडेका धार्मिक अभियान्ताहरुलाई प्रहरी विभिन्न ठाउमा रोकेको छ ।

यता झापालगायतका स्थानबाट धरान हिडेकाहरुलाई प्रहरीले विर्तामोडको चारपानेमा रोकेको छ ।

अहिले उनिहरुले चारपानेमानै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय