इप्रका झिलझिलेका इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार, तीन जना पक्राउ

झापा । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ। बिहीबार साँझ ६ः५० बजे शिवसताक्षी–९ झरनापुल नजिकै कटुवालमाथि आक्रमण भएको हो ।


आक्रमणबाट कटुवालको टाउको र हातमा चोट लागेको छ । उनको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । कटुवालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

झरना पुल नजिकै लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गरिरहेको सूचना पाएका कटुवालको कमाण्डमा रहेको सादा पोशाकको प्रहरी टोलीले मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही ढंगले चलाएको पाएपछि सोधपुछ गर्ने क्रममा उनीमाथि बञ्चरो प्रहार भएको बताइएको छ ।


तीन जना सवार मोटरसाइकलको पछाडी बसेका सोहि ठाउँका ३६ बर्षीय अशोक पोखरेलले इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ३२ बर्षीय विकास भनिने अरुण तामाङ्, मोटरसाइकलमा सवार ३३ बर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने पोखरेलसहित मोटरसाइकल नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय