बालयौन दुरुपयोग मुद्धाका फरार अभियुक्त महत पक्राउ

खबरखेति संवाददाता


झापा । बालयौन दुरुपयोग मुद्धामा अदालतबाट दोसी ठहर भई फरारर रहेका अभियुक्त भुटानी शरणार्थी टेक बहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका वडा नम्बर ३ भुटानी शरणार्थी शिविर सेक्टर नं. डि ४ हट नं. ३९० बस्ने ५९ बर्षका महतलाई प्रहरीले भदै ६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


मिति २०७८ चैत्र १३ गते झापा जिल्ला अदालतले उनलाई बालयौन दुरुपयोग मुद्धामा दोषी ठहर गरि ५ महिनाको कैद सजाय र १० हजार जरिवाना फैसला गरेको थियो । अदालतले पीडितलाई २५ हजार क्षतिपुर्ति दिन समेत आदेश गरेको थियो ।

पक्राउ परेका महतलाई कैद भुक्तानीको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय