स्टार फुटबलर नेयमार एएफसी च्याम्पियन्स लिग खेल्न भारत आउने

स्टार फुटबलर नेयमार भारत आउने भएका छन् । यसै सिजन साउदी क्लब अल हिलालमा अनुबन्ध भएका ब्राजिलियन फवार्ड नेयमार एएफसी च्याम्पियन्स लिग खेल्न भारतको पुने आउने भएका हुन् ।


एएफसीले बिहिबार गरेको समूह विभाजनमा नेयमारको क्लब अल हिलाल समूह ‘डी’ मा भारतको मुम्बइ सिटी एफसीसँगै एकै परेको छ । एकै समूहमा परेपश्चात आफ्नो अबे खेल खेल्न नेयमार भारत आउने भएका हुन् ।

समूह डी मा उज्वेकिस्तानको नाभबाहोर नमाङगन र इरानियन क्लब एफसी नस्साजी मजनदरन पनि रहेका छन् ।


च्यापियन्स लिग होम एन्ड अबेको आधारमा हुनेछ । मुम्बईले पुनेको श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्सलाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ ।

अल हिलालले यसै सिजन नेयमारलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय