करेन्ट लागेकी पत्नीलाई बचाउन गएका अर्जुनधाराका अमृतको मृत्यु

झापा । करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा अर्जुनधारा–९ कटहरडाँडाका २४ वर्षीय अमृत रेग्मीको आज मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर कुटी काटिरहेकी पत्नी ममता रेग्मी (२२ वर्षीया)लाई करेन्ट लागेको देखेपछि बचाउन गएका अमृत आफै करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

तत्कालै उपचारका लागि लैजाँदै गर्दा अमृतको मृत्यु भयो । उनकी पत्नी ममताको हाल बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इलाम–२ स्थायी घर भएका रेग्मी दम्पत्ति हालसालै अर्जुनधारा–२ कटहरडाँडामा आएर बसोबास गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
1
+1
3
+1
43
270
सम्बन्धित

लोकप्रिय

लोकप्रिय