तामाङ भाषा स्तरीकरणका लागि कार्यशाला गोष्ठी

तामाङ भाषाको स्तरीकरण कार्यशाला गोष्ठी दुई बुँदे ‘झुले सहमति–पत्र’ जारी गर्दै सम्पन्न भएको छ । भदौ २ देखि ५ गतेसम्म काठमाडौँको शंखरापुन नगरपालिका-४, झुलेमा आयोजित गोष्ठीमा तामाङ भाषाको वर्ण, शब्द, वाक्य र व्याकरणका विभिन्न भेद बारे सूचना संकलन गरी व्यापक छलफल गरिएको थियो ।


भाषा आयोगले बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेसँगै तामाङ भाषालाई स्तरीकण गरी मानकभेद बनाउने उद्देश्यले कार्यशाला गोष्ठी गरिएको आयोजकले बताए ।

गोष्ठीमा बागमती प्रदेशका विभिन्न भाषिक भूगोलबाटा र कोशी, मधेश प्रदेश र कास्की प्रदेशका प्रतिनिधिहरुको थियो ।


नेपाल तामाङ घेदुङ, भाषा, लिपि तथा साहित्य विभाग र तामाङ राष्ट्रिय पुस्तकालयले आयोजना गरेका हुन् । कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह तामाङ र जापानका लागि पूर्व राजदूत डा. गणेश योज्जनको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
310
सम्बन्धित

लोकप्रिय

लोकप्रिय