मेक्सिकोमा आप्रवासी बोकेको बस दुर्घटना हुँदा १६ को मृत्यु 

मध्य मेक्सिकोको कुआक नोपालन ओक्साका राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।


अधिकारीहरूका अनुसार स्थानीय र आप्रवासी बोकेको बस ओक्साका र पुएब्ला राज्यको सिमानामा रहेको राजमार्गमा एउटा ट्रेलर ट्रकसँग ठोक्किँदा उक्त भयानक दुर्घटना भएको हो ।

ओक्साका अभियोजकको कार्यालयका अनुसार सवारी दुर्घटनामा एक नाबालिग सहित कम्तीमा आठ पुरुष र आठ महिलाको मृत्यु भएको छ । घाइतेहरूलाई उपचारका लागि पुएब्लाको अस्पतालमा लगिएको छ ।


पुएब्लाको आन्तरिक मन्त्रालयले पीडितहरूलाई कसरी सहयोग गर्ने भन्ने बारे सङ्घीय सरकारी एजेन्सीहरू र राज्य अधिकारीहरूसँग निरन्तर कुराकानी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय