मन्त्री किरातीलाई पितृ शोक

झापा। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान ४ बजेर ४२ मिनेटमा निधन भएको उनको सचिवालयले जनाएको छ ।


राईको काठमाण्डौको वीर अस्पतालमा उपचार भइरहेको थियो । उहाँ लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । मन्त्री राईको आमाको यसअघि नै निधन भइसकेको थियो ।

मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।


राईको पार्थिक शरिरलाई ११ बजेसम्म सरकारी निवास पुलचोकमा राखिने मन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्वर्गीय राईको इच्छा अनुसार अन्तिम संस्कार भने भोजपुरस्थित पुर्ख्यौली गाउँमा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय