अस्पतालबाट नवजात शिशु वेपत्ता पार्न संलग्न आरोपमा ६ जना पक्राउ

मोरङ । विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई वेपत्ता पार्न संलग्न आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु वेपत्ता बनाउने थप चारजनालाई मंगलबार नियन्त्रणमा लिइएको हो ।


यस अगाडी भदौ १ गते अस्पतालका चिकित्सक डा।तपेश्वरलाल कर्ण र गोबिन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप पाँच दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएका आरोपितहरुलाई सार्वजानिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोबिन्द राई, विराटनगर–२ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा।तपेश्वरलाल कर्ण, विराटनगर–९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजबंशी, कटहरी गाउँपालिका–२ निवासी ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सुर्य नारायण राजबंशी, सिराहा कल्याणपुर नगरपालिका १२ का ३८ निर्मला यादव छन् ।


भोजपुर हतुवागढी–४ का गोबिन्द र उनकी प्रेमिका विराटनगरको दिपेश मेडिकल हलमा सन्तान जन्माउन आएका थिए । मेडिकलका सञ्चालक डाक्टर कर्णले गोबिन्दकी प्रेमिकाबाट ग्रिनक्रस अस्पतालमा प्रसुती गराएका थिए । प्रसुतीपछि उनीहरुबाट जन्मिएको सन्तान कटहरी निवासी दिलमाया राजबंशीलाई दिइएको खुलेको छ । त्यस वापत डाक्टर कर्णले कति रकम लिएको भन्ने यकिन भएको छैन । डिएसपी दाहालले सुरुमा पाँच लाख भनेपनि पछि ५० हजार मात्रै भनेकोले सबै कुरा खुलिनसकेको बताएका छन् ।

आफुले जन्माएको सन्तान वेपत्ता पारेको भन्दै आमाले जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै संलग्नहरुलाई पक्राउ गरेको हो । यद्यपी घटनामा डाक्टरसँग प्रेमी गोबिन्दको संलग्नता कुन प्रकारको भयो भन्ने अझै खुलेको छैन । गोबिन्दले विवाह पूर्व नै जन्मिएको सन्तान स्वीकार गर्न नचाहेर डाक्टरसँगको संलग्नतामा व्यवस्थापन गरेको हो वा बिक्री गरेर रकम लिएको भन्ने अझैसम्म खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय