फोनिज झापाको अक्षयकोषमा गायिका मेलिना राईद्वारा ५० हजार सहयोग

झापा । २४ औं स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । फोनिज झापाले आज विर्तामोडमा आयोजना गरेको आफ्नो २४ औं स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले उपलव्ध गराउनुभएको उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अक्षयकोषका संयोजक गणेशमान मुखियालाई गायिका राईको तर्फबाट संचारकर्मी सजन राईले चेक हस्तनान्तरण गर्नुभएको थियो ।


फोनिज झापाले आफना अग्रज पत्रकार स्व.डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले उक्त रकम सहयोग गर्नुभएको हो । अक्षयकोषबाट प्राप्त हुने ब्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याएवाफत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुले बताउनुभयो । फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई बर्षमा बितरण गर्ने निणर्य गरेको समेत उहाँले जानकारी दिनुभयो । पुरस्कारको राशी समेत बृद्धी गर्ने निणर्य भएको उहाँले बताउनुभयो ।

फोनिज झापाले यसअघि प्रत्येक बर्ष २ जना नवदित पत्रकारहरुलाई उदयीमान पत्रकारीता पुरस्कार समेत प्रदान गर्दै आएको थियो । अब उक्त पुरस्कारलाई समेत प्रत्येक दुई बर्षमा बितरण गरिने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
255
सम्बन्धित

लोकप्रिय

लोकप्रिय