सर्लाहीमा हतियारसहित २ जना पक्राउ

काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।


सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।

उनीहरू बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।


चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय