मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले जितेका छन् ।


शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्कीले उपाधि हात पारेका हुन् । यो नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार हो ।

त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) ले हात परेका छन् । शनिबार भएको अन्तिम प्रतिष्पर्धा (ग्राण्ड फिनाले) मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् ।


मेरो भ्वाइस युनिभर्स सेकेण्ड रनरअफमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहेका छन् । त्यस्तै, ‘मेरो डान्स युनिभर्स’ सेकेण्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहेका छन् ।

विजयी कलाकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो । गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा संखुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा रहेका थियो ।

त्यस्तै, नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङ्मा डि लेप्चा (सिक्किम), खुशी कार्की (थाइल्याण्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा रहेका थियो ।

इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही १ करोड, फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले ५ लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय