झिलझिलेमा आगलागी, ५० लाख क्षति भएको प्रारम्भिक अनुमान

सतासीधाम । झापाको झिलझिलेस्थित मोहन मैनालीको घरमा शनिवार बिहान आगलागी हुँदा ५० लाख बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


विद्युत् सर्ट भएर मैनालीको घरमा आगो लागेको इलाका प्रहरी कार्यालय झिलझिलले जनाएको हो । पूजा कोठाबाट सल्किएको आगोले घरको एउटा फ्ल्याट पुरै जलेको प्रहरी निरीक्षक युवराज कटुवालले बताए ।

स्थानीय बासीको सक्रियतामा प्रहरीले दमकलका सहयोग लिएर दुई घण्टापटि आगो निभाएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय