गठबन्धनले जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नुभएको छ ।


शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काकम गरेँ भनेर दंगा पिटेको बताउनुभयो । उहाँले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गर्नुभयो । अध्यक्ष लिङ्देनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताउनुभयो ।


उहाँले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको बताउनुभयो । उहाँले सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय