सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई चिनिया नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।


पक्राउ परेका दुईजनाको नाम भने खुलाएको छैन। तर पक्राउ परेकामध्ये उनीहरू सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको अनुमान प्रहरीले गरेको छ।

प्रहरीले बिहीबार पनि चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। काठमाडौंबाट तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई पक्राउ परेका थिए। उनीहरूमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।


यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ।

गत साउन २ गते राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो। पछि गाल्ने क्रममा सुन करिब ६१ किलो भएको पुष्टि भएको थियो।

सुन तस्करीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय