‘जोडी मिलाई देउ’ को प्रिमियर शो बिर्तामोडमा

बिर्तामोड । सन्जय न्यौपाने प्रोडक्शनको प्रस्तुती रहेको नेपाली म्युजिक भिडियो ‘जोडी मिलाई देउ’ को प्रिमियर शो झापाको बिर्तामोडमा भएको छ । म्युजिक भिडियोमा नायक पुष्प खड्का र नायिका आईशा तामाङको अभिनय रहेको छ।


गायक प्रमोद खरेल र गायिका शान्ति श्री परियारले स्वर दिएको म्युजिक भिडियोको प्रिमियर शो बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा बिहीवार (आज) गरिएको हो । करणराज कार्कीको रचना तथा संगीत रहेको म्युजिक भिडियोको निर्देशन तथा निर्माण सन्जय न्यौपानेले गर्नुभएको हो ।


फिल्म प्रोडक्शन प्रालिका सन्चालक, निर्माता निर्देशक तथा कलाकार न्पौपाने २८ बर्षदेखि निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आउनुभएको छ । न्यौपानेले साथी, सुरक्षा, जीत, गाउँलेलगायतका दर्जनौ नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ भने पछिल्लो समय चलचित्र राधा, प्रेम दिवश, नाइ नभन्नु ल ६ जस्ता चलचित्रको निर्माण तथा चलचित्रमा अभिनय समेत गर्नुभएको छ ।

प्रिमियर कार्यक्रममा पत्रकार रमेश तिवारी, २० बर्षदेखि निरन्तर रुपमा चलचित्र क्षेत्रका बिभिन्न जिम्मेवारी सम्हाल्दै आएका दिनेशराज शर्मा, रि–बर्थ फाउन्डेशनका अध्यक्ष राजु गिरी, न्यू भिजन फाउन्डेशनका अध्यक्ष बुद्धि सुब्बा प्राचीन सोसियल हबका सन्चालक पाल्देनवान्दि शेर्पा, नायिका आईशा तामाङलाई सम्मान गरिएको थियो ।

सुनचाँदी ब्यवसायी राजु धमलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार तथा प्राध्यापक डा. कुमार सुवेदी, एमीटी कलेजका को–अडिनेटर बिनोद साहलगायतको आतिथ्य रहेको थियो ।

सम्मानीत ब्यक्तित्वहरुको सम्मानपत्र पत्रकार उमाकान्त खनालले वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गर्नुभएको थियो ।

प्रिमियर शोमा उपस्थिति दर्शकले ‘जोडी मिलाई देउ’ म्युजिक भिडियो एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका थिए। उक्त म्युजिक भिडियो भोली शुक्रवार संगीत भकारी युट्व च्यानलमार्फत सार्वजनिक हुने जनाइएको छ ।

म्युजिक भिडियो १५ लाखढी रुपैयाँका लगानीमा तयार गरिएको निर्देशक न्यौपाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय