अधिवक्ता पाण्डेको मुद्दा अन्तर्राष्ट्रियकरण हुँदै : लन्डन राजदूतलाई ज्ञापन पत्र

लन्डन । अधिवक्ता भगवती पाण्डेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिएको छ । मङ्गलवार तामाङ सोसाइटी अफ युके र मगर सङ्घ युकेले नेपाली राजदूत लन्डनमा ज्ञापन पत्र बुझाएका छन् ।


ज्ञापन पत्र अनुसार प्राइम टाइम टेलिभिजनमा प्रसारित कार्यक्रममा अधिवक्ता भगवती पाण्डे (शितल) ले सिङ्गो मगर र तामाङ जाति, समुदायमा दाजुभाइ दिदीबहिनीबिच विवाह हुन्छ भनी समुदायलाई आँच पुराउने उद्देश्यले आधारहीन र तथ्यहीन अभिव्यक्तिले हाम्रो रीतिरिवाज, संस्कार संस्कृति, आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्‍याएकोले ध्यानाकर्षण गराएको छ।

यस्तै शान्तिपूर्ण जिल्ला प्रहरी परिसर टेकु घेराउमा प्रहरीले पक्राउ गरिएका महिला तथा पुरुष अभियन्ताहरूलाई चरम एवं बर्बर, मानसिक र शारीरिक यातना दिनुको साथै असभ्य भाषा प्रयोग गरी गालीगलौज गरेको हुँदा यो एकतन्त्रीय निरङ्कुश तानाशाही राणा शासनको समयको जस्तो व्यवहार भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


‘प्रहरीको अमानवीय कार्य र दमनले सम्पूर्ण नेपालीहरूको वाक् स्वतन्त्रता, मौलिक अधिकार र मानवअधिकारको समेत हनन भएकोमा हामी घोर विरोध तथा भर्त्सना गर्दछौँ’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय