बिर्तामोडले फिर्ता लियो कर वृद्धिको निर्णय

बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि पारित गरेको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ ।


आज बसेको कार्यपालिका बैठकले अघिल्लो आ.ब. अनुसारकै कर संकलन गर्ने निर्णय गर्दै कर विद्धीको निणर्य फिर्ता गरेको हो ।

स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक धरासयीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतलाई ध्यानमा राख्दै कर वृद्धिलाई स्थगन गरिएको नगर प्रमुख पवित्रादेवी महतराले जानकारी दिनुभयो ।


उहाँले सम्पत्ति करलाई साविक बमोजिम कायम गर्दा वडा तथा नगरका योजना भने प्रभावित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय