मेचीनगरमा एक युवकको शव फेला, हत्या भएको आशंका

मेचीनगर । झापाको मेचीनगरमा ४३ वर्षीय युवकको शव फेला परेको छ । मेचीनगर–८ का सुन्दर किसानको आज विहान घर नजिकै खोल्सोमा झाडीले छोपेको अवस्थामा शव फेला परेको झापा प्रहरीले जनाएको छ ।


झाडीमा पनि लुकाइएको अवस्थामा फेला परेका युवकको घाँटी र हातमा चोट लागेको देखिन्छ । प्रहरीका अनुसार उनको शव भेटिएको ठाउँ नजिकै रड र चप्पल समेत रगताम्मे अवस्थामा भेटिएको छ । सोही प्रमाणको आधारमा उनको पहिचान समेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार घटनाका सन्दर्भमा अनुसन्धान भइरहेको छ । धरानबाट कुकुर ल्याई अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो।


जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
170
सम्बन्धित

लोकप्रिय

लोकप्रिय