नक्कली भु्टानी शरणार्थी प्रकरण : १० जनाको पुनरावेदनमाथि सुनुवाइ सकियो

काठमाडौं । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।


नेपाल सरकारका निलम्बित सचिव टेकनारायाण पाण्डेसहित १० जनाको सुनुवाइ सकिएको अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता प्रेम खड्काले जानकारी दिनुभयो । उहाका अनुसार केहीबेरमा आदेश आउने संभावना छ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा निलम्बित सचिव पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा।ईन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदनमाथि सुनुवाइ भएको हो।


पूर्वगृहमन्त्री वालकृष्ण खाँण, एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको निवेदन भने पेशीमा चढेन। उच्च अदालतले काठमाडौं जिल्ला अदालतसँग मागेको कैफियत प्रतिवेदन आइनपुगेका कारण उनीहरूको मुद्दा पेसी नचढेको हो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध उनीहरु उच्च अदालत गएका हुन्। उच्चले जिल्लाको आदेश सदर गर्ने वा त्यसलाई बदर गरी साधारण तारेख वा धरौटीमा छाड्ने बारेमा निर्णय दिन सक्नेछ।

उनीहरुविरुद्ध ठगी‚ लिखत किर्ते र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय