कोसीका ज्येष्ठ सांसद गयानन्द मण्डल कृषि राज्यमन्त्रीमा नियुक्त

झापा । नेपाली कांग्रेसका कोसी प्रदेश सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ।


मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

नवनियुक्त मन्त्री मण्डलले आजै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुनुहुन्छ।


सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

कांग्रेस सांसद मण्डललाई प्रदेश सभा बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आइलाग्दा सरकारले विश्वासको मत लिने बेलामा बहुमत नपुग्ने जोखिम देखिएपछि सत्ता गठबन्धनले उहाँलाई मन्त्री बनाएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
195
सम्बन्धित

लोकप्रिय

लोकप्रिय