तस्करीको सुन गालियो, वास्तविक तौल ६० किलो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ ।


सोमबार र मंगलबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी, राजस्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनुभयो । उहाँले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तौल १५५ किलो ४६८ ग्राम भएकोमा ब्रेक शुु र कार्टुनहरु कच्चा पदार्थहरु छुट्याउँदा ६० किलो ७७९ ग्राम भएकोमा सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनुभयो ।


उहाँले गालेको सुन ३४ वटा बिस्कुट साँचोमा बनेको भन्दै त्यसमा ७३ ग्राम जति गएको बताउनुभयो । उहाँले सुनको गुणस्तर मापन गर्ने तयारी रहेको भन्दै सकेसम्म तीन दिन नभए सात दिन भित्रमा सुनको गुणस्तर सार्वजनिक गर्ने बताउनुभयो ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शुु’ बरामद गरेको थियो । सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
360
सम्बन्धित

लोकप्रिय

लोकप्रिय