मर्मतका लागि बजेट विनियोजन भएपनि काम नगर्दा बिरिङ पुलमा बाढीको वितण्ड

झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण क्षतीग्रस्त भएको छ । अविरल वर्षासंगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिएपछि झापाको मुख्य व्यापारीक केन्द्र बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको माई नगरपालिका र रोङ गाउँपालिकाका विभिन्न भुभाग जोड्ने सडक अवरुद्ध भएको छ ।


पुल भासिएपछि त्यस स्थानबाट सवारी आवत–जावत ठप्प भएको छ । पुल भासिदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतह नजिक पुगेको छ ।

समयमै मर्मत सम्भार नहुँदा पुल भत्किएको स्थानीयले बताएका छन् । स्थानीय सेवन्त ढकालले स्थानीय सरकारले निगरानी गर्नुपर्ने भए पनि जिर्ण भएको पुलको मर्मतमा ध्यान नदिदाँ अहिले बाढीले पुल भत्काएको बताउनुभयो । उहाँले कट्टानको जोखिम भएको स्थानमा मर्मत सम्भार गरिएको भए यस्तो क्षती नहुँने बताउनुभयो ।


त्यस्तै नेकपा माओवादी केन्द्रका स्थानीय नेता जितेश योञ्जनले भापा र इलामलाई जोड्ने मार्गमा रहेको पुल भत्कदा त्यस भेगका नागरिक मर्कामा परेको बताउनुभयो । उहाँले चुरे नजिकै बनेको पुलको क्षमता समेत कम भएकाले अब नयाँ योजना बनाएर चाडौं पुल निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

यता अर्जुनधारा नगरपालिकाले पुल मर्मतका लागि गत आर्थिक बर्षमा बजेट विनियोजन गरेको तर मर्मत सम्भारको काम भने हुन नसकेको स्वीकार गरेको छ ।

नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले आर्थिक वर्षको अन्तिम समयमा पालिकाले जीर्ण अवस्थामा रहेको केही पुल तथा कज्वेको मर्मतका लागि एकमुष्ट २० लाख रुपैयाँ छुट्टाएको बताउनुभयो । उहाँले खोला ठेक्का वाफतको केही रमक खोलाको जोखिम रहेका ठाउँमानै खर्च गर्ने योजना अनुरुप बजेट विनियोजन गरिएको भएपनि काम हुन् नसकेको बताउनुभयो । आर्थिक बर्षको अन्त्यतिर भएकाले पनि काम गर्न कठिन भएको उहाँको भनाई छ ।

२०६५ सालमा भारत सरकारको दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
1
+1
0
+1
0
+1
2
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय