बढीले बिरिङ पुल क्षतिग्रस्त, शनिश्चरे–खुदुनाबारी सडक अवरुद्ध

झापा । झापाको अर्जुनधारा नगरपालिका अन्तर्गतको खुदुनाबारी–शनिश्चरे सडक खण्ड अवरुद्ध बनेको छ । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका–१, ४ र ७ नम्बर वडाको सिमानामा पर्ने पक्की पुलमा क्षती गरेपछि सडक खण्ड अवरुद्ध बनेको हो ।


बाढीका कारण पुलको पूर्व पट्टिको भाग मुनिको दुवै पंखा बगाएको छ । लगातारको बाढीले क्षतिग्रस्त बनेको पुल अहिले दबिएको छ ।  विर्तामोडबाट शनिश्चरेहुँदै खुदुनाबारी र इलामका विभिन्न भुभाग सम्म जाने सो सडक अवरुद्ध बनेको हो ।

बिरिङमा पानीको बहाव बढेर खोलाले धार परिवर्तन गरी दक्षिणी दिशा तर्फ मोडिएर कटान गरेपछि पुलमा क्षति पुगेको स्थानीयको भनाई छ ।


अहिले पुलको दुवैतर्फ बाँसको ढाँट लगाएर सडक बन्द गरि सवारी साधान आवात-जावतमा रोक लगाइएको छ । जुनसुकै बेला पुल भत्कन सक्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय