नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा बिर्तामोडमा रक्तदान

बिर्तामोड। नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा आईतबार मुक्तिचौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा विद्यार्थी, स्थानीय युवा, समाजसेवी र प्रहरी गरि ४७ जनाले रक्तदान गरेका छन् ।


ईलाका प्रहरी कार्यालय अनारमनीले रक्तदान लगायत
समयानुकूल लागुपदार्थ तथा अवैध तस्करी, साईबर क्राईम आदि विषयमा जनचेतनामुलक कार्यक्रमहरुसमेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय