“फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०”बाट दिलीप थापा सम्मानित

फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार थापा मगरलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। त्यस्तै, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ। त्यसैगरी ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई पुरस्कृत गरिएको छ।


२०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गर्नु भएका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो।

नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आएका छन्।


न्यूज एजेन्सी हिमालयन टेलिभोइसका अध्यक्षसमेत रहेका थापाले जनजाति आवाज, अमेरिका नेपाल टेलिभिजनलगायतमा काम गरिसकेका छन्।

जनसेवा श्री पदक, राष्ट्रिय पत्रकारिता पुरस्कार र प्रधानसेनापति प्रशंसा पदकसमेत पाइसक्नु भएका पत्रकार थापालाई यस वर्ष ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय