प्रदेश नामकरण विवाद “गोठालो सिंहलाई बनाएर बाख्रा खोज्दा हुन्छ” : मन्त्री मोदि

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदिले आदिवासी जनजातिको पहिचानको आन्दोलनलाई इन्कित गर्दै बाख्राको गोठालो सिंहलाई बनएर बाख्रा खोज्दा नपाइने बताउनुभएको छ ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २४ औं स्थापना दिवसको सन्दर्भमा केन्द्रिय समितिले विराटनगरमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री मोदिले चुनावको बेला पहिचान पक्षधरलाई भोट नहाल्दा अहिले पहिचानको आधारमा प्रदेशको नामाकरण हुन नसकेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्नु भएका मोदीले `१ नम्बर प्रदेश´को नाम `कोशी´ नभाई पहिचानका आधारमा नै नामकरण हुनुपर्ने बताउनुभयो ।


आदिवासी जनजातिहरु पहिचानको मुद्दामा अरुबेला एकजुट जस्तो देखिएपनी चुनावमा भोट हाल्दा पहिचानवादी दललाई भोट नदिने परम्पराले पहिचानको आधारमा नामकरण हुन नसकेको उहाँको भनाई थियो ।

संविधानसभा सदस्य समेत रहनुभएका मन्त्री मोदीले नेपालको संविधानले समेत पहिचानको आधारमा प्रदेशको नामकरण गर्न सकिने परिकल्पना गरेको भन्दै `कोशी´ कायम गरिएको `एक नम्बर प्रदेश´को नाम पहिचानको आधारमा नै राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

पहिचानवादीहरु एकजुट हुन नसक्दा आदिवासी जनजातिको पहिचान नै धरापमा परेको भन्दै उहाँले पहिचान स्थायित्वका लागि संघर्षका हातहरु एकतामा परिणत हुनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय