१०० किलो सुन प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ

काठमाडौँ । सुन प्रकरणमा मुछिएका व्‍यापारी राकेश अडुकियाका छोरा रोहनलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।


नयाँ दिल्लीबाट इन्डियो विमानमार्फत काठमाडौँ अवतरण भएलगत्तै अध्यागमन विभागले नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालका प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले थाहाखबरलाई जानकारी दिए।

उनलाई राजस्व अनुसन्धान विभागमा पठाउन लागिए पनि विभाग बन्द भइसकेकाले अहिले अध्यागमन विभागकै नियन्त्रणमा रहेको बताइएको छ। उनलाई पनि सुन प्रकरणमै अनुसन्धानका लागि पक्राउ गरिएको हो। त्यहीकारण यसअघि उनी अध्यागमनको कालो सूचीमा रहेका थिए।


यही साउन ३ गते बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो। उनी भने सम्पर्कविहीन रहेका बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उक्त सुन प्रकरणको सम्पूर्ण अनुसन्धानको काम अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय