संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी नियन्त्रणमा

संखुवासभा जिल्ला कारागारमा गत मंगलबार राती दुई कैदीको मृत्यु भएको प्रकरणमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित दश प्रहरी पक्राउ परेका छन् ।


कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुमा असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङ रहेका छन् ।

कारागारको झ्याल फोडेर भाग्न खोजेका कैदीलाई समातेपछि उनीहरुले कारागारभित्रै लाठ्ठी र मुक्काले हानेको देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बलात्कार मुद्दामा थुनामा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र चोरी मुद्दामा थुनामा रहेका नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत मंगलबार निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय