तिलक योञ्जन, झापा । २९औँ विश्व आदिवासी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाले पनि स्थापना दिवसको अवसरमा कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापामा रहेका २२ वटा आदीवासी जनजातिहरुका विभिन्न संघ संस्थाहरुले सहभागिता जनाएका थिए ।
“आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू” भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा विभिन्न जातजातिले मौलिक कला तथा संस्कृतीहरु प्रस्तुत गरेका थिए ।
हेर्नुस् थप तस्बिर :
यो पनि पढ्नुहोस् :
पुर्खाको चिहान भत्काएर गरिने विकास हैन् रैथाने विज्ञानलाई जोड दिनुपर्छ : मन्त्री किराँती