फोनिजको २४ औँ स्थापना दिवसमा सम्मान र पुरस्कार पाउनेहरूको नाम सार्वजनिक

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले फोनिज पत्रकारिता पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनकि गरेको छ।

फोनिजले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै फोनिज पत्रकारिता पुरस्कार २०८० पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० सरोकार टेलिभिजनमा कार्यरत पत्रकार दिलिप थापा मगरलाई दिने निर्णय भएको छ। यस्तै, फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०बाट नेपालभाषा टाइम्स दैनिकलाई सम्मान गर्ने निर्णय भएको छ।

यस्तै, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मरणोपरान्त किसन राई, देव पचभैया मगर, जीवन लामा र उन्नति चौधरीलाई दिने निर्णय गरिएको छ।

आफ्नो २४ औँ स्थापना दिवसको अवसर पारेर प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजना गरिने बृहत् समारोहका बीच आफ्नो २४ औँ स्थापना दिवसको अवसर पारेर प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा आयोजना गरिने बृहत् समारोहका बीच फोनिजले राष्ट्रिय पत्रकारिता सम्मान र पुरस्कार वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
275
सम्बन्धित

लोकप्रिय

लोकप्रिय